काठमाडौँ । निर्धन उत्थान लघुवित्तमा कर्मचारी आन्दोलन उत्कर्षमा पुगेको छ । कर्मचारी युनियनको मागप्रति व्यवस्थापन पक्षले बेवास्ता गरेपछि कर्मचारी आन्दोलन उत्कर्षमा पुगेको हो । यसअघि नै संस्थाको व्यवस्थापन पक्षलाई मागपत्र बुझाए पनि सुनवाईमा चासो नदेखाएपछि आन्दोलित कर्मचारीहरुले देशभरका शाखा कार्यालय ठप्प पारेका छन् ।
आन्दोलनको कार्यक्रम नै सार्वजनिक गरेर देशभरका शाखा, क्षेत्रीय तथा केन्द्रीय कार्यालय बन्द गरेको संस्थाका कर्मचारीले बताएका छन् । आफूहरुका माग पूरा नभएसम्म र समस्या समाधानमा व्यवस्थापन पक्षले चासो नदेखाएसम्म संस्थाको सम्पूर्ण सेवा पूर्ण रुपमा ठप्प पार्ने कर्मचारीहरुले चेतावनीसमेत दिएका छन् ।
‘हामीले हाम्रा माग संस्थाको व्यवस्थापन पक्षसँग राखिसकेको छौँ । मागपत्र नै पेश गर्दा पनि कर्मचारीको मागप्रति व्यवस्थापन पक्ष बेखबर बनेको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै संस्थाका एक कर्मचारीले भने, ‘हदै भएपछि सबै कामकाज बन्द गरेर आन्दोलन सुरु गरेका छौँ । जबसम्म माग सम्बोधन हुँदैन तबसम्म हाम्रो आन्दोलन रोकिँदैन ।’
यसो त कर्मचारी युनियनले गत जेठ १६ गते संस्थाको व्यवस्थापन पक्षलाई संस्थागत सुशासन, कर्मचारीहरुलाई काम गर्ने वातावरण सुजना, कर्मचारीहरुको तलब भत्ता तथा सेवा सुविधा, सरुवा, बढुवा तथा वृत्तिविकास लगायतका विषयमा विभिन्न माग राख्दै मागपत्र बुझाएको थियो । तर, मागपत्र पेश गरेको ३५ दिन बित्दासमेत व्यवस्थापन पक्षले कुनै चासो नदिएपछि कर्मचारी युनियनले पुनः असार १६ गते विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो ।
कर्मचारी युनियनले सेवा ठप्प पारेर आन्दोलन गर्ने चेतावनीसहित विरोधका कार्यक्रम सार्वजनिक गरेपछि संस्थाले कार्ययोजना पेश गरेको थियो । तर, उक्त कार्ययोजना केबल झारो टार्ने खालको भएको कर्मचारीहरुको भनाई छ । ‘हामीले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि संस्थाले कार्ययोजना पेश गरेको थियो । तर, व्यवस्थापन पक्षले पेश गरेको कार्ययोजना केवल हाम्रो आन्दोलन रोक्ने षड्यन्त्र थियो ।’, ती कर्मचारीले अर्थ सरोकारसँग भने, ‘अब कर्मचारीसँग वार्तामार्फत लिखित, निष्कर्षसहितको सहमति भए मात्रै हामी ‘ब्याक’ हुन्छौँ, नभए आन्दोलन रोकिँदैन ।’
आर्थिक वर्ष सकिन एक साता मात्रै बाँकी रहँदा संस्थाको कामकाज नै ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन् । साथै, आर्थिक वर्षको अन्त्यमा कर्मचारी आन्दोलनले संस्थाको निष्क्रिय कर्जा बढ्ने तथा नाफामा समेत असर पर्ने देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्