काठमाडौँ । उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यावसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ । काठमाडौँको माइतिघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरुले गुनासो गरेका छन् ।
व्यवसायीहरुले उद्योग नवीकरणको आफुहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखि विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
त्यस्तै, अहिले उद्योगी व्यवसायीहरुको बटमलाईन भनेको कानुनसम्त दर्ताभएका उद्योगहरुको नवीकरण रहेको जनाएका छन् । क्रसर उद्योगीहरुले विगत १० वर्षदेखी उद्योगहरुको नवीकरण हुन नसक्दा आफुहरु मारमा परेको उनी बताउँछन् ।
यता आफुहरुको माग सम्बोधनका लागि पटक-पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग छलफल भएपनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेको भनाइ छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्