×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एन्ड्रोइड मोबाइलमा भेटियो एक क्लिकमै तपाईंको बैंक खाता रित्याइदिने अर्को खतरनाक मालवेयर ! 

GLOBAL IME BANK
SHREE KESH

एन्ड्रोइड मोबाइलमा भेटियो एक क्लिकमै तपाईंको बैंक खाता रित्याइदिने अर्को खतरनाक मालवेयर ! 

१८ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। एन्ड्रोइड मोबाइलमा एक क्लिकमै बैंक खाता रित्याइदिन सक्ने खतरनाक मालवेयर फैलिएको पाइएको छ। नर्वेको साइबर सुरक्षा कम्पनी प्रोमोनले सार्वजनिक गरेको रिपोर्ट अनुसार ‘स्नोब्लाइन्ड’ नामक मालवेयर फैलिएको पाइएको हो। 

सो मालवेयरले मोबाइल फोनको सेक्युरिटी सिस्टमले थाहा नपाउने गरी संवेदनशील डेटा चोरी गर्न सक्ने बताईएको छ । एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै सो मालवेयर बनाइएको अनुसन्धानकर्ताले जनाएका छन्। 

एन्ड्रोइड फोनमा मालवेयरबाट डिभाइसलाई जोगाउन ‘सेक्कम्प’ फिचर हुन्छ। तर ‘स्नोब्लाइन्ड’ नामक मालवेयरमा उक्त फिचरलाई नै छक्याउने गुण रहेको अनुसन्धानको निष्कर्ष छ ।

खतरनाक मालवेयरले डिभाइसको एक्सेसिबिलिटी फिचरलाई नियन्त्रणमा लिई संवेदनशील विवरण चोरी गर्ने गरेको समेत पाइएको छ। त्यस्तै, डिभाइसमा हुने टु फ्याक्टर अथेन्टिकेसन फिचरलाई डिसेबल गरिदिने अनुसन्धानकर्ताको भनाइ छ । यसले गर्दा संवेदनशील डेटा चोरी गर्न वा फोनमा भएका विवरणमा पहुँच पाइरहन मालवेयरलाई सजिलो हुन्छ। 

विभिन्न प्लेटफर्मबाट मालवेयर सङ्क्रमित एप इन्स्टल गर्ने प्रयोगकर्तालाई यसले असर गर्ने बताइएको छ । वास्तविक जस्तो देखिने, तर थर्ड पार्टी प्लेटफर्ममा उपलब्ध हुने एपमा स्नोबाइन्टको खतरा भएको बताइएको छ ।

यो मालवेयर एसियाली मुलुकका एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गरी फैलाइएको साइबर सुरक्षा कम्पनी प्रोमोनले जनाएको छ। 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: