×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मेरो र गभर्नर अधिकारीको ट्युनिङ मिल्छ, सकारात्मक सन्देश दिने मौद्रिक नीति आउँछ’- अर्थमन्त्री पौडेल 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

‘मेरो र गभर्नर अधिकारीको ट्युनिङ मिल्छ, सकारात्मक सन्देश दिने मौद्रिक नीति आउँछ’- अर्थमन्त्री पौडेल 

Artha Sarokar

३१ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गरेका छन् । सोमवार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

उनले राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताएका छन् । अर्थमन्त्री पौडेलले काम गर्ने भएकाले गभर्नर महाप्रसाद अधिकारी र आफ्नो ट्युनिङ मिल्नेसमेत उल्लेख गरेका छन् । साथै उनले हाल मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरको बिचमा राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देश दिने बताएका छन् । 

‘राष्ट्र बैंकसँग ट्युनिङ मिल्छ भनेर मिडियाले भन्छन्, त्यो ठिकै हो । राम्रो काम गर्छौँ, त्यसैले हाम्रो राम्रै ट्युनिङ मिल्छ ।’, अर्थ वित्त नीतिलाई सहयोग पुग्नेगरि मौद्रिक नीति आउने विश्वास छ । मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा ‘अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय हुनेबित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ ।’

त्यस्तै, अर्थमन्त्री पौडेलले राष्ट्र बैंक र आफ्नो तालमेल मिल्दा र नीतिगत तहमा पनि मिलेरै अघि बढ्दा बजारको मनोबल पनि बढ्ने भन्दै मिलरै अघि बढ्ने बताएका छन् । साथै आफ्नो कार्यकाल सर्वसाधारण र निजी क्षेत्रमा छाएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने पनि अर्थमन्त्री पौडेलले बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी