काठमाडौँ । अर्थमन्त्री बिष्णु पौडेलले विकास निर्माणको काममा बजेटको कमी हुन नदिने निर्णय गरेका छन् । अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णयका रुपमा उनले विकास निर्माणमा बजेट अभाव हुन नदिन वैकल्पिक ऋणपत्रबाट स्रोत जुटाउने निर्णय गरेका हुन् ।
पौडेलले विकास वित्तको कमी पूरा गर्न र पूर्वाधारमा लगानी बढाउन नवीन उपकरण तथा विधिहरुको प्रयोग गर्नेसम्बन्धी मार्गचित्र स्वीकृत गरिएकोसमेत जानकारी गराएका छन् ।
अर्थमन्त्री पौडेलले सम्मिश्रित वित्त, हाइब्रिड एन्युटीजस्ता सार्वजनिक निजी साझेदारीका नवीन विधिका माध्यमबाट निजी पूँजी परिचालन गरी विकास सहायताको लिभरेज दर बढाउन सम्भाव्य आयोजनाको पाइप लाइन विकास गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।
त्यस्तै, एमाले र काँग्रेस लगायतका दलहरुको मिलेर बनेको नयाँ सरकारले तय गर्ने लक्ष्य र योजना कार्यान्वयनमा अघिल्लो सरकारले ल्याएको बजेट बाधन नबन्ने पनि अर्थमन्त्री पौडेलले बताएका छन् ।
पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आफूबीच ट्युनिङ मिल्ने भन्दै समग्र अर्थतन्त्र र बजारको मनोबल बढाउने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति आउने पनि दाबी गरेका छन् । पौडेलले आफूसहित नवगठित सरकार सेयर बजारप्रति सकारात्मक रहेको प्रतिक्रियासमेत दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्