Skip to content
LAXMI SUNRISE BANK

अष्ट्रेलियाले बढायो अन्तराष्ट्रिय विद्यार्थी भिसा शुल्क !

अर्थ सरोकार

काठमाडौं। अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थी भिसा आवेदन शुल्क बढाएको छ। अष्ट्रेलियाले आप्रवासी कम गर्ने उद्देश्यले विद्यार्थी भिसा शुल्क १२५ प्रतिशतले बढाएको हो।

जुलाई १० देखि लागु हुने गरी विद्यार्थी भिसा आवेदन शुल्क ७१० अष्ट्रेलियन डलरबाट बढाएर १६०० अष्ट्रेलियन डलर पुर्याएको छ। अष्ट्रेलियाले सोमबारदेखि दक्ष जनशक्तिका लागि अस्थायी भिसाको आम्दानी सीमा पनि ७० हजार अष्ट्रेलियन डलरबाट बढाएर ७३ हजार १५० डलर पुर्याएको छ ।

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ६ लाख ५० हजार भन्दा बढी पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या पनि धेरै छ भने अष्ट्रेलियाले विद्यार्थी भिसा शुल्क बढाएसँगै अष्ट्रेलिया जाने सोचमा रहेका विद्यार्थीहरु चिन्तित भएका छन्।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK