×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजार जुवा घर होइन अर्थतन्त्रको ऐना हो, बजारलाई सन्तुलित बनाउन अघि बढ्छौँ’- अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL

‘सेयर बजार जुवा घर होइन अर्थतन्त्रको ऐना हो, बजारलाई सन्तुलित बनाउन अघि बढ्छौँ’- अर्थमन्त्री

३१ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेर अर्थमन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सेयर बजारलाई सन्तुलित ढङ्गले अघि बढाउन सरकारले पहल गर्ने बताएका छन् । सँगै उनले सेयर बजार जुवा घर नभएर मुलुकको अर्थतन्त्रको ऐना भएको पनि बताएका छन् । 

‘कतिपय समयमा सेयर बजार जुवा घर भनेर पनि टिप्पणी भयो । तर, यथार्थमा सेयर बजारलाई हामीले अर्थतन्त्रको ऐनाको रुपमा हेर्ने गरेका छौँ ।’, पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले भने, ‘पछिल्लो समयमा एक खालको उत्साह पनि देखिरहेका छौँ । त्यसलाई सन्तुलित ढङ्गले अगाडि बढ्ने अनुकुल परिस्थिति निर्माण होस् भन्ने कुरामा हाम्रो ध्यान जान्छ ।’ 

त्यस्तै, अर्थमन्त्री पौडेलले वर्तमान परिस्थितिमा मुलुकमा देखिएको समस्यालाई समाधान गर्ने र नागरिकमा देखिएको निराशा चिर्दै आशा जगाउने गरी काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी