×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई दिनमै चुरापोतेको व्यापार सात लाखमाथि !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दुई दिनमै चुरापोतेको व्यापार सात लाखमाथि !  

Artha Sarokar

२ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  साउन लागेपछि महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । महोत्तरी जिल्लामा साउन लागेदेखि सात लाखको चुरापोतेको व्यापार भएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, औरही, बलवा, मनरा, पिपरा, भ्रमरपुरालगायत बजार क्षेत्रबाट दुई दिनमा सात लाखको चुराको व्यापार भएको उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिए । यसअघिका वर्षमा पनि साउनमा मात्रै ३० लाख बढीको चुरापोतेको व्यापार हुने गरेको उनले बताए ।
सदरमुकाम जलेश्वरमा लाग्ने गरको चुरापोते बजार, शृङ्गार पसल तथा लहेरी (चुरा बेच्ने) महिलाले गाउँगाउँ गएर बेच्ने स्थानमा चुरापोते किन्ने महिला, किशोरी, युवतीहरुको घुइँचो लाग्ने गरेको जलेश्वर-२ का शृङ्गारको व्यापारी राम महतोले बताए । जिल्लाका अधिकांश हाटबजारमा हरियो, पहेँलो, रातो चुरा तथा पोते किन्ने महिलाको घुइँचो लाग्ने गरेको उनले बताए ।
विवाहित महिलाले अनिवार्य रुपमा हरियो चुरा र पोते लगाउने परम्पराले गर्दा साउनमा अन्य समयको तुलनामा बढी व्यापार हुने गरेको जलेश्वर-२ का शृङ्गार व्यापारी मुस्ताक अन्सारीले बताए । ‘जिल्लामा यसअघिका साउनमा चुरापोतेको व्यापारबाट रु ३० लाखसम्म आम्दानी हुन्थ्यो । यस वर्ष दुई दिनको व्यापारको अवस्थाले आम्दानी बढी हुने अनुमान गरेका छौँ’, वाणिज्य सङ्घका महासचिव चौधरीले भने ।
जलेश्वर बजारमा दैनिक चुराको बेच्दै आएकी मुस्ताक लहेरीले दुई दिनमा रु १० हजारभन्दा बढी आम्दानी भएको बतईन् । गत वर्ष महिनाभरि रु एक लाख आम्दानी भएको जनाउँदै यो वर्षको साउनमा तुलनात्मक रुपमा बिक्री बढेकाले आम्दानी पनि बढी हुन सक्ने उनले उल्लेख गरिन् ।
गौशाला बजारकी बेचनी खातुनले दुई दिनमा रु १५ हजार, बलबा बजारकी फुलगेन लहेरी र औरही बजारकी दुखनी खातुनले समान रु २० हजार, मनराकी हरीया लहेरनीले रु १५ हजारको चुरापोते व्यापार भएको बताएका छन् ।
साउन लागेसँगै जिल्लाका प्रत्येक गाउँ तथा सहरका चुरा पसलमा हरियो चुरा र पोते लगाउने महिलाको घुइँचो लाग्ने गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी