×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हनी ट्रयापमा संलग्न २ जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हनी ट्रयापमा संलग्न २ जना पक्राउ

Artha Sarokar

३० असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हनी ट्रयापमा संलग्न २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौँ बौद्ध बस्ने तेन्जी डोमा छिरिङ र सोही जिल्ला घर भई हाल काठमाडौँ मूलपानी बस्ने सौरभ तामाङ रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरूले आफ्नो नाम परिर्वतन गरेर पीडितसँग भेटी अश्लील भिडियो बनाई ब्ल्याकमेल गरेर रकम असुल गर्ने गरेका थिए । त्यसैगरी सौरभले लीलाबहादुर तामाङ नाम परिवर्तन गरेका थिए भने तेन्जीले सिर्जना तामाङ नाम राखेकी थिइन् ।

प्रहरीका अनुसार सौरभले पीडितको फेसबुक आइडी आफ्नो ह्वाट्सएपमार्फत सिर्जनालाई पठाएका थिए । त्यस्तै, सिर्जनाले भने पीडितसँग कुरा गरी आफ्नो कोठामा भेट्न बोलाएकी थिइन । पीडित भेट्न आउन सहमत भएपछि सौरभले आफ्नो मोबाइल भिडियो बनाउन सिर्जनालाई दिएका थिए ।

उनले सो मोबाइलबाट आफ्नो र पीडितको अश्लील भिडियो बनाई सौरभलाई फिर्ता गरेकी थिइन् । उक्त भिडियोलाई सिर्जनाले र सौरभले पीडितलाई पठाई पैसाको बार्गेनिङ गरेपछि पीडितले प्रहरीकोमा उजुरी दिएका थिए ।

छिरिङ र तामाङले १ करोडको बार्गेनिङ गरेर १५ लाखमा कुरा मिलाएका थिए । प्रहरीले उनीहरूको साथबाट २ वटा मोबाइल र ३४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

उनीहरूलाई आपराधिक मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी