काठमाडौं। सिवाइसी लघुवित्त वित्तिय संस्थाका संस्थापक सेयरधनिहरुले उजुरी दिएको केही दिन बित्न नपाउँदै त्यहाँका कर्मचारीले पनि निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्मा विरुद्ध नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालयमा उजुरी दिएका छन्।

तत्कालीन प्रबन्ध संचालक शर्माले आफू पदमा नरहेको अवस्थामा पनि विभिन्न आरोप लगाएर आफूलाई अनुचित तरिकाले हटाएको भन्दै सिवाइसी लघुवित्तका राजविराज शाखा प्रमुख विवेक कुमार जैसवालले शर्मा विरुद्ध उजुरी दिएको राष्ट्र बैंकले जनाएको छ।
संचालक तथा प्रबन्ध संचालक पदबाट राजिनामा दिएर अहिले सामान्य सेयरधनीको हैसियत हुँदा पनि शर्माले आफू कार्यरत शाखामा आएर पुरा हुन नसक्ने खालका टार्गेट दिने तथा काम गर्न नसकेको आरोप लगाएर कामबाट निकाल्ने धम्की दिने गरेको उजुरीपत्रमा उल्लेख छ।
त्यस्तै शर्माले आफु निकट तथा आफन्त पर्ने कर्मचारीलाई जति कम्जोर र नराम्रो काम गरेपनि केही नभनेको तर आफूले भनेको नमान्ने कर्मचारीलाई सुन्न नसक्ने गरि तल्लो स्तरमा पुगेर गालीगलौज गरेको उजुरीपत्रमा उल्लेख छ।

त्यतिमात्र नभई शाखा प्रमुख जैसवालले शर्मामाथि गम्भीर प्रकृतिका आर्थिक अपराधको आरोप समेत लगाएका छन्। तालिम खर्च भनेर नयाँ कर्मचारीबाट प्रति व्यक्ति ४-५ हजार उठाएको तालिम खर्चको पैसा लघुवित्तको खाताबाट खर्चिएको , बहालवाला हुँदा ११-१५ प्रतिशत ब्याजमा कर्जा लिएका कर्मचारीलाई जागिर छाड्दा २५-३० प्रतिशत ब्याज तिर्ने सम्झौता गराएको, ऋणी वा ऋणीको श्रीमानको मृत्यु भएमा कर्जा मिनाहा गर्नुपर्ने सुविधा नदिएको, बोराको बोरा अक्सफोर्ड पब्लिकेसन र साझा प्रकाशनका आफैले लेखेका किताबहरू शाखामा ल्याएर थन्क्याइएको र त्यसको बिल भरपाई शाखाको नाममा तर केन्द्रिय कार्यालयबाट गराएको, विशेषगरि मधेश मूलका कर्मचारीमाथि हेपाहा व्यवहार गरेको जस्तो आरोप उजुरीपत्रमा उल्लेख गरिएको छ।

आफूले सिवाइसिमै जागिर पुनर्बहाली हुनुपर्ने उद्देश्यले उजुरी दिएको नभई अत्याचार र ज्यादती सहेर बसेका अरु कर्मचारीको हकहितको लागि नेपाल राष्ट्र बैंकमा प्रमाण सहित उजुरी दिएको जैसवालले उजुरी पत्रमा दाबी गरेका छन्।

संस्थामा संचालक पनि नरहेका र व्यवस्थापनमा पनि नरहेका निवर्तमान प्रबन्ध निर्देशक डोलेन्द्र प्रसाद शर्माले अहिले पनि सिवाइसी लघुवित्तका कर्मचारीलाई कारबाही गर्ने, धम्की दिने तथा अनुचित तरिकाले कामबाट हटाउने जस्ता काम गर्ने अधिकार कसले दियो भन्नेबारे सोधिएको प्रश्नमा अध्यक्ष पद्मनाथ शर्माले आफूले यसबारे केही नबोल्ने बताए।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्