×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सबैको आईपीओ रोकिएका बेला रिलायन्सले स्वीकृति कसरी पायो ?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सबैको आईपीओ रोकिएका बेला रिलायन्सले स्वीकृति कसरी पायो ?’

२५ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको विषय अर्थ समितिको बैठकमा पनि उठेको छ । बैठकमा नेपाली कांग्रेसका सांसद दीपक खड्काले कम्पनीको आईपीओको विषयमा प्रश्न उठाएका हुन् । 

उनले धितोपत्र बोर्डमार्फत सबै कम्पनीको आईपीओ रोकिएका बेला रिलायन्स स्पिनिङ मिल्सले मात्रै आईपीओ निष्कासनको अनुमति कसरी पायो भन्दै प्रश्न उठाएका छन् ।

‘६ महिनादेखि आईपीओहरु निकाल्न बन्द गरिएको छ ।’, रिलायन्स स्पिनिङ मिल्सलाई इंकित गर्दै सांसद खड्काले भने, ‘तर, कुनै अमुख कम्पनीको ८ सय २० रुपैयाँभन्दा माथि प्रिमियम दरमा आईपीओ जारी हुँदैछ । अरुलाई चाहिँ अहिले खोल्न मिल्दैन भनिन्छ ।’ 

त्यस्तै, सांसद खड्काले कम्पनीको वित्तीय अवस्थाले पनि कम्पनीले जारी गर्न लागेको आईपीओको मूल्यको औचित्य पुष्टि नहुने पनि बैठकमा उल्लेख गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी