काठमाडौँ । ग्लोबल आइएमई बैंक र कुमारी बैंक मर्जरमा जान लागेको भित्रभित्रै हल्ला चलाएर सेयर बजारमा चलखेल गर्न एक समूह सक्रिय भएको पाइएको छ । केही समयभित्रै मर्जरको एमओयुमा हस्ताक्षर हुन लागेको, सिइओ र अध्यक्षकोसमेत टुङ्गो लागिसकेकोजस्ता हल्ला चलाएर सेयर भाउमा प्रभाव पार्न खोजिएको पाइएको हो ।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले आफूले पनि यस्तै हल्ला सुनेको तर सो हल्लामा कुनै पनि सत्यता नरहेको प्रष्ट पारेका छन् । ‘मैले पनि हल्ला सुनेको हो । अझ एमओयु नै फाइनल भएकोसमेत हल्ला पनि चलेको रहेछ । तर त्यसमा कुनै पनि सत्यता छैन ।’ खनालले अर्थ सरोकारसँग भने, ‘अहिले मर्जरका विषयमा कुनै पनि खालको कुराकानी अगाडि बढेको छैन ।’
यता ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले पनि सो हल्ला गलत भएको दाबी गरेका छन् । ‘त्यस्तो तयारी केही छैन । हल्ला कहाँबाट आयो नै थाहा छैन ।’ रेग्मीले अर्थ सरोकारसँग भने ।
ग्लोबल आईएमई बैंक पुन: मर्जरमा जान खोजिरहेको चर्चा सुरु भएको केही दिनमै आएको लचिलो मौद्रिक नीति र एकासी कुमारी बैंकको सेयर भाउ बढ्नु एकैपटक भएकाले पनि यस्तो हल्लाले प्रसय पाएको हुन सक्ने कुमारी बैंकका एक संचालक बताउँछन् । ‘मलाईसमेत साथीहरुले मर्जरका बारे सोधिरहनु भएको छ । कतिले त आज हो एमओयु ? भनेर पनि सोधिरहनु भएको छ । तर कुरा कतै पनि अघि बढेको छैन ।’ ती संचालकले अर्थ सरोकारसँग भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्