काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रको समस्या समाधान गर्न नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग छानबिन विशेष समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो सुझाव दिएका हुन् ।
उनले नियमनकारी निकायको अभाव र असीमित बचत सङ्कलन गर्न दिँदा सहकारी क्षेत्रमा समस्या आएको बताएका छन् ।
‘भूगोलको सीमा नराखिएको, असीमित बचत सङ्कलन गर्न दिइएको, अन्यथा ढङ्गले बचत सङ्कलन गरिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको, सहकारीहरु स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता केही कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखापरेको छ ।’, गभर्नर अधिकारीले भने, ‘यसलाई समाधान गर्न पहिलादेखि नै उठ्दै आएको सेकेन्ड टायर इन्स्टिच्युसन नियामक निकाय बनाइनुपर्छ ।’
त्यस्तै, बैठकमा गभर्नर अधिकारीले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानमा तत्काल चासो नदिए अवस्था झनै विकराल हुन सक्ने सङ्केत गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्