काठमाडौँ । धनगढीमा ट्राफिक नियम सिकाउने कार्यमा उग्र बनेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीले विभिन्न ठाउँमा ट्राफिक नियमबारे बोर्ड लगाउने कार्यलाई तिव्रता दिएको छ ।
ट्राफिक नियमबारे जानकारी दिने, नियम सिकाउने तथा पालना गराउने उद्धेश्यले फुलवारी क्षेत्रमा ट्राफिक नियमबारे बोर्ड राख्ने कार्यलाई तिव्रता दिइएको हो ।
यसैबीच अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीले फूलवारीका विभिन्न क्षेत्रमा दुई पाङग्रे सवारी साधन चलाउँदा हेलमेट प्रयोग गर्नेबारे बोर्ड राखेको छ । जसमा हेलमेट किन प्रयोग गर्ने ? विषय उल्लेख गरिएको छ । हेलमेट लगाउँदा टाउको, आँखा, ओठ, मुख, कान र दाँत जोगिने बोर्डमा उल्लेख गरिएको छ ।
पछिल्लो समय सडक दुर्घटना त्यसमा पनि मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने अधिकांशले हेलमेट प्रयोग नगरेको पाइएपछि दुई पाङग्रे सवारी चलाउँदा हेलमेटको प्रयोग अनिवार्य गराउन अभियान नै चलाएका अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीका इन्चार्ज शिद्धराज विष्टले बताएका छन् । विष्टका अनुसार ट्राफिक सचेतना फैलाउने कार्यलाई निरन्तर अगाडि बढाउने कार्य भइरहेको छ । साथै विष्टले ट्राफिक सचेतना फैलाउने अभियानमा सहयोग गर्न सबैलाई अपिलसमेत गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्