×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकबाट ऋण लिएकाले लघुवित्तबाट ऋण लिन नपाइने, लघुवित्तमा भने २ ठाउँबाट ऋण पाइने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकबाट ऋण लिएकाले लघुवित्तबाट ऋण लिन नपाइने, लघुवित्तमा भने २ ठाउँबाट ऋण पाइने 

Artha Sarokar

१४ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अबदेखि एउटै व्यक्तिले दुई लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाउने भएका छन् । लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको यस्तो व्यवस्थासँगै अब लघुवित्त वित्तीय संस्थाहरुले सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा राष्ट्र बैंकले गरेको व्यवस्थाबमोजिम कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । 

त्यस्तै, राष्ट्र बैंकको उक्त व्यवस्था अन्तर्गत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरु लघुवित्तबाट ऋण लिन अयोग्य हुने व्यवस्था गरिएको छ । 

उक्त प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको यकिन गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी