काठमाडौँ । चक्कु देखाएर लघुवित्तका कर्मचारी लुट्ने दुईजना पक्राउ परेका छन् । चक्कु देखाएर मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी संगिता रोक्कालाई लुटेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-५ मुड्खुका ३३ वर्षीय सरोज परियार र रसुवा घर भई डल्लु बस्ने २३ वर्षीय संगम तामाङ रहेका छन् ।
उनीहरुलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनाको साथबाट एक लाख ३९ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले मुड्खु भञ्ज्याङ नजिकै बचत र कर्जाबापतको २ लाख ८ हजार ६ सय रुपैयाँ लिएर फर्किँदै गर्दा रोक्कालाई चक्कु देखाएर रकम लुटपाट गरेका थिए । हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्