×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महानगरकै क्यान्टिनमा बासी खाना र फोहोरको डङ्गुर, हदै भएपछि २ लाख जरिवाना तिराइयो 

LAXMI SUNRISE BANK
GLOBAL

महानगरकै क्यान्टिनमा बासी खाना र फोहोरको डङ्गुर, हदै भएपछि २ लाख जरिवाना तिराइयो 

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नै चमेना गृह (क्याटिन)लाई कारबाही गरेको छ । महानगरले काठमाडौँ प्लाजास्थित नारायणी चमेना गृहलाई कारबाही गरेको हो ।

क्यान्टिनले उपभोक्तालाई बासी खाना बेच्ने गरेको गुनासोपछि अनुगमन गरेको महानगरले उक्त क्यान्टिनलाई २ लाख रुपैयाँ जरिवाना गराएको महानगर अनुगमन निरीक्षण अधिकृत नुरनिधि न्यौपानेले जानकारी दिएका छन् । 

न्यौपानेका अनुसार उक्त क्यान्टिनले विगतमा पनि खाद्य स्वच्छता कायम नगरेको पाइएको थियो । तर, पटकपटक लिखित निर्देशन दिँदा पनि सुधार नभएपछि कारबाही गर्नुपरेको महानगरले जनाएको छ ।

अनुगमनका क्रममा महानगरले उक्त क्यान्टिनको फ्रिजमा तापक्रम नमिलेको, एप्रोन गन्हाउने, सरसफाइ नगरेको तथा ग्राहकलाई बासी खाना खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हाल महानगरको क्यान्टिन साह्रै फोहोर भएपछि महानगरका कर्मचारीहरु पनि बाहिर गएर खाजा खान बाध्य छन् । 

अहिले कारबाहीस्वरुप २ लाख रुपैयाँ जरिवाना गरिएको नारायणी क्यान्टिनलाई यसअघि फागुन २० गते पनि ५० हजार रुपैयाँ जरिवाना तिराइएको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी