×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई सर्किटपछि सम्हालिएको नेप्से ११३.४२ अंकले बढेर बन्द भयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुई सर्किटपछि सम्हालिएको नेप्से ११३.४२ अंकले बढेर बन्द भयो

Artha Sarokar

१३ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५ सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड १० लाख ८ सय ९८ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा बढी नाफा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यसैगरी आज गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी