×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गैरकानुनी धन्दा’ चलाउँदै नेक्स्जेन, नियामक भन्छ-‘कारवाही हुन्छ’, सिए भन्छन्- ‘गलत भयो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘गैरकानुनी धन्दा’ चलाउँदै नेक्स्जेन, नियामक भन्छ-‘कारवाही हुन्छ’, सिए भन्छन्- ‘गलत भयो’

९ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्सका पूर्व सीईओ रहेका रमेश कुमार भट्टराई अध्यक्ष भएको नेक्सजेन मेनेजमेन्ट सोलुसन नामक कम्पनीले प्रचलित कानुनको धज्जी उडाउँदै गैरकानुनी काम गरिरहेको खुलासा भएको छ । लेखा व्यवसायीहरुको नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को प्रचलित व्यवस्था विपरित लेखापरीक्षण कार्यको विज्ञापन गरेर कम्पनीले गैरकानुनी काम गरेको हो ।

तर, सो लेखापरीक्षण सम्बन्धी कार्यको प्रचार प्रसार गर्न नपाउने भनिए पनि नेक्सजेनले भने खुलेआम रुपमा लेखापरीक्षण गर्ने कार्यको प्रचारबाजी गरिरहेको छ । अझ प्रेस रिलिज नै गरेर कम्पनीले लेखापरीक्षण गर्ने कामको प्रचारप्रसार गरिरहेको छ ।

आइक्यानका कार्यकारी निर्देशक सञ्जय सिन्हा यस्तो काम गर्न नपाइने र गरेको भेटिए आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउने बताउँछन् । ‘लेखापरीक्षण गर्ने कार्यको कुनै पनि खालको विज्ञापन कानुनत: बर्जित छ ।’ सिन्हाले अर्थ सरोकारसँग भने, ‘यस्तो काम गर्नेलाई हामीले कारवाहीको रुपमा सुरुमा स्पष्टिकरण सोध्ने, सचेत गराउने र त्यस्तो कार्यमा कुनै सिए वा दर्तावाला लेखापरीक्षक भेटिए कारवाहीको प्रक्रिया अगाडि बढाउने गरेका छौँ । यो नेक्सजेनको केसमा पनि कारवाही प्रक्रिया अगाडि बढाउँछौँ ।’

यता नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले भने आफूले सिए खोजिदिने काम गरेको दाबी गर्छन् । ‘हामीले नै अडिट गर्ने होइन । अडिट गर्ने सिए खोज्ने हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘तपाईंको बिजनेश सम्बन्धी सबै काम गर्छौँ । तपाईंलाई चाहिने सबै सेवा दिन्छौँ । र अडिटको लागि सिए खोजिदिन्छौँ भन्न खोजेको हो ।’

भट्टराईले आफ्नो कम्पनीको प्रमोटरमा सिए सन्तोष लम्साल पनि रहेको र उनले आफूले खोजिदिएका कम्पनीको लेखापरीक्षण गर्ने दाबी गरे । 

‘यसरी क्लाइन्ट खोजेर अडिटचाहिं कसलाई दिने हो ?’ हाम्रो प्रश्नमा भट्टराईले भने, ‘हाम्रो प्रमोटरमा सन्तोष लम्साल पनि हुनुहुन्छ । उहाँले नै अडिट गर्नुहुन्छ । अरु सिएहरुसँग पनि एमओयु गर्ने तयारीमा छौँ ।’

जबकी यसरी प्रचार प्रसार गरेर अडिटको काम लिएको देखिएमा नियामक आइक्यानले कारवाही गर्ने गरेको छ ।

यता सिए सन्तोष लम्सालले पनि आफू सो कम्पनीको प्रमोटर भएको स्वीकारे । यद्यपि प्रचारप्रसार नै गरेर लेखापरीक्षण गराउँछौँ भन्नु गलत काम भएको उनले बताए । ‘रमेश सर (रमेश कुमार भट्टराई)ले चिनेजानेको आधारमा मलाई कुनै कम्पनीको अडिट गर भन्नु गलत भएन । तर प्रचार प्रसार नै गरेर, प्रेस रिलिज नै जारी गरेर लेखापरीक्षण गर्छौं भन्ने र सो लेखापरीक्षण सन्तोष लम्सालबाट हुन्छ भन्नु गलत हो ।’

नक्कली र दले अडिटरको बिगबिगी !
सुरुमा पोष्टरमा लेखिएको नाम अदिटका लागि लाइसेन्स दिने आइक्यानको सदस्य हो कि होइन भनेर हेर्यौं हामीले । पत्ता लाग्यो आइक्यानमा सुर्खेत ठेगाना भएको एके एण्ड कम्पनी नामक कुनैलाइसेन्सधारी अडिटर भेटिएन । लेखापरीक्षण अफिस भनेर बिज्ञापन गर्ने यो काम नक्कली अडिटरको रहेको पुष्टि भयो । अव यस्तो दलाली काम गर्न कुन सक्कली अडिटरले साथ दिएका छन् त ? हामीले त्यो पनि पत्ता लगाउन ग्राहक बनेर उक्त अफिसमा फोन गर्यौं । हामीले फोन गर्दा फोन निरन्तर व्यस्त थियो । लामो समय फोन व्यस्त हुनुले पनि थाहा हुन्छ कि त्यहाँ कति धेरै दलाली काम हुँदो रहेछ भनेर ।

हामी ग्राहक बनेर फोन गर्दा त्यहाँका एक व्यक्तिले जस्तो सुकै फर्मको लेखापरीक्षण गरिदिने दावी गरे । उनले कति कारोबार छ त्यहि अनुसार शुल्क लिने भनेपछि हामीले नयाँ फर्म हो भन्यौं । उनले सुरुमा रेट राखे ५ हजार । हामीले थोरै बार्गेनिङ गरेपछि उनी ३ हजारमा अडिट गर्न तयार भए । हामीले हस्ताक्षर कसको आउंछ भनेर पनि सोध्यौं । तर उनले निकै चलाखीपूर्ण जवाफ दिए, ‘अफिसमा आउनुहोस् बसेरै कुरा गरौंला ।’

नक्कली वा दलाली अडिटरलाइ कारवाही हुन्छ: आइक्यानको अनुगमन समिति
यता आइक्यानको अनुगमन समितिका सदस्यहरुले नक्कली अडिटर वा यसरी दलाली गर्ने जो कोहीलाई कारवाही हुने बताएका छन् । ‘हाम्रा सदस्य हुन् भने हामीनै कारवाही गर्छौं । हाम्रा सदस्य होइन रहेछन् भने हामी सीआइबीको सहयोगमा कारवाही गर्छौं । तर यस्तो गलत काम गर्नेलाई कारवाहीचाहिं गरीछाड्छौं ।’ अनुगमन समितिका सदस्य बहादुर सिंह बिष्टले भने । उनका अनुसार नेपालमा लेखा व्यवसायीहरुको नियमनकारी संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट लाइसेन्स नपाएका जो कोहिले पनि यसरी लेखापरीक्षण गर्न पाउँदैन । ‘अझ लेखापरीक्षणको बिज्ञापन गर्न नपाइने भन्ने नियम त स्पष्ट रुपमै छ । यस्तो गर्नेलाई कुनै पनि हालतमा काम गर्छौं ।’

कसरी चिन्ने नक्कली कि सक्कली ?
सक्कली अडिटरले यसरी बिज्ञापन नै गर्दैन । लेखापरीक्षण गराउने कामको विज्ञापन गर्न नपाउने स्पष्ट व्यवस्था छ । सक्कली अडिटरलाइ आइक्यानले पेशागत प्रमाणपत्र दिएको हुन्छ । उक्त प्रमाणपत्र कार्यालयमा देखिने स्थानमा हुन्छ । तपाईंहरुले त्यस्तो प्रमाणपत्र देखाउन अनुरोध गर्न पनि सक्नुहुन्छ । उनीहरुले देखाउनुपर्छ । तपाइँले पैसा दिने संस्था र तपाईंको रिपोर्टमा सहि गर्ने व्यक्ति फरक छ भने पनि त्यो नक्कलीहरुको काम हो भन्ने बुझ्नुपर्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी