Skip to content
LAXMI SUNRISE BANK

निर्धन उत्थान लघुवित्तमा हदैसम्मको लफडा, सीईओकै कार्यकक्षमा धर्ना, हाकिम सा’प हेरेको हेर्यै !

अर्थ सरोकार

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारीले केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । कर्मचारीका मागप्रति संस्थाको व्यवस्थापन पक्षले चासो नदिएको भन्दै आन्दोलनरत कर्मचारीहरुले बिहीबार लघुवित्तको केन्द्रीय कार्यालय नक्सालमा धर्ना दिएका हुन् । 

३५ दिनको म्याद तोकेर विभिन्न मागसहितको ज्ञापन पत्र बुझाउँदा पनि संस्थाले बेवास्ता गरेपछि बाध्य भएर धर्ना दिएको केन्द्रीय कर्मचारी समितिका अध्यक्ष सन्तोष कुमार आचार्यले बताएका छन् । 

‘जेठ २१ गते हामीले केन्द्रीय कार्यालयमा विभिन्न मागसहितको मागपत्र पेश गरेका थियौँ । त्यसपछि असार २४ गतेदेखि हामी अवज्ञा कार्यक्रममा छौँ ।’, आचार्यले भने, ‘तर संस्थाको व्यवस्थापन पक्षले समस्या समाधानमा कुनै पहल नगरेपछि संस्था जोगाउन र संस्थामा सुशासन तथा सुदृढीकरण कायम राख्नका लागि हामी विगत १७ दिनदेखि अवज्ञा कार्यक्रममा छौँ ।’ 

लघुवित्तका आन्दोलनरत कर्मचारीहरुले बिहीबार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेश दाहालको कार्यकक्षमा संस्थाका सम्पूर्ण विभागीय प्रमुखहरुलाई राखेर धर्ना दिएका थिए ।

आन्दोलनरत निर्धन उत्थान लघुवित्तका कर्मचारी युनियनले संस्थागत सुशासन, कर्मचारीहरुलाई काम गर्ने वातावरण सृजना गर्न, कर्मचारीहरुको तलब भत्ता तथा सेवा सुविधा, सरुवा, बढुवा तथा वृत्तिविकास लगायतका विषयमा विभिन्न माग राखेका छन् । आफूहरुका माग पूरा नभएसम्म कर्मचारीहरुको अवज्ञा कार्यक्रम जारी रहने आन्दोलनरत कर्मचारीहरुले बताएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK