काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र गुणस्तरहीन खाने तेल बिक्री हुने गरेको पाइएको छ । महानगरले १३ ब्रान्डका खाने तेलको नमुना परीक्षण गर्दा ४ ब्रान्डका तेल गुणस्तरहीन भएको पाइएको हो।
पक्वान, अमृत, फेमिली र क्वालिटी ब्रान्डको खाने तेलमा अखाद्य वस्तु भेटिएको महानगरले जनाएको छ। उक्त ब्यान्डहरूमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको हो ।
मोरङको श्रीराम रिफाइन्ड आयलले उत्पादन गरेको पक्वान ब्रान्डको रिफाइन सोयाबिन तेलमा पेरोक्साइड र एसिड भ्यालु धेरै भएको पाइएको छ भने क्वालिटी आयल रिफाइनरी प्रालिले उत्पादन गरेको क्वालिटी ब्रान्डको रिफाइन सोयाबिन तेलमा सरकारले तोकेको मापदण्ड नपाइएको महानगरले जनाएको छ ।
त्यस्तै, अमृत ब्रान्डको रिफाइन सोयाबिन तेल पनि गुणस्तरहीन भेटिएको छ। फेमिली ब्रान्डको तोरीको तेलमा पनि पेरोक्साइड धेरै भएको पाइएको छ।
मापदण्ड विपरीत तेल उत्पादन गर्ने ब्रान्डहरूलाई दुई-दुई लाख जरिवाना तिराइएको महानगरले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्