×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीमा ब्रह्मलुटः पावर टिलर दिने भन्दै किसानबाट मनपरी रकम असुल्ने ३ सहकारीका अध्यक्ष पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL

सहकारीमा ब्रह्मलुटः पावर टिलर दिने भन्दै किसानबाट मनपरी रकम असुल्ने ३ सहकारीका अध्यक्ष पक्राउ

२६ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कैलालीमा तीन सहकारीका अध्यक्ष पक्राउ परेका छन् । पावर टिलर वितरण गर्ने भन्दै किसानबाट मनपरी रकम असुली गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बाल सशक्तिकरण नेपाल सहकारीका अध्यक्ष योगेश योगी, कालीमाई सहकारीका अध्यक्ष अमृत चौधरी र अखुवा सहकारीका अध्यक्ष सिताराम चौधरी रहेका छन् ।

उनीहरुमाथि कैलालीका किसानलाई पावर टिलर वितरण गर्ने भन्दै मनपरी ढंगले किसानबाट रकम असुली गरेको आरोप रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार तीनवटै सहकारीले किसानबाट २५ प्रतिशत र संस्थाको ७५ प्रतिशत हिस्सेदारीमा पावर टिलर वितरण गर्ने सम्झौता गरेको देखिएको छ ।

तर, तीनै जना अध्यक्षले मनपरी ढंगले किसानबाट रकम असुलेपछि किसानहरुले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी