×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सौर्यको जहाज दुर्घटनाः ‘इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन्’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सौर्यको जहाज दुर्घटनाः ‘इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन्’

Artha Sarokar

११ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरुको ‘माइन्ड अर्लट’ हुन नसकेको पनि उनको अनुमान छ । 

जहाजमा समस्या आउनेबित्तिकै क्याप्टेन शाक्यको ‘माइन्ड’ अर्लट हुनुपर्ने गुरुङले बताए । आगो लागेको जहाज डिल गर्दा कन्ट्रोलिङमा ध्यान दिएर मात्र गर्नुपर्ने उनले अनुभव सुनाए ।

‘जहाज सि-चेकका लागि जाँदै थियो । चेक पनि ए,बी,सी लगायत हुन्छन् । यसको टाइम ड्यूरेसन फरकफरक हुन्छ । तथापि, रनवेमा जहाजको गति र लाइन ठिक देखिन्छ । विभिन्न चेकलिस्टहरु हेर्दा सन्तुष्टि हुनुपर्ने देखिन्छ । टेकअफ पोइन्टसम्म पुग्दा पनि सबै ठिक भएको अनुमान लगाउन सकिन्छ । रोल गर्ने क्रममा भि-वान स्पिडलाई कन्ट्रोल गर्न सकिन्छ । त्यो निकै क्रिटिकल र महत्वपूर्ण मानिन्छ, यो अन्तिम निर्णयका रुपमा पनि हेरिन्छ ।’, उनले भने, ‘त्यसपछिको अवस्थामा भने इन्जिनमा केही समस्या भएको हुनुपर्छ । इन्जिन फेल भएको वा आगलागी सुरु भएको हुनुपर्छ । यस्तो अवस्थामा क्याप्टेनले दिमागलाई अर्लट गर्न सक्नुभएन कि भन्ने लाग्छ ।’ 

त्यस्तै, उनले भि-वानसम्मको अवस्थामा क्याप्टेन शाक्यको निर्णय ठिक रहेको अनुमान लगाए । हरेक स्टेजमा क्याप्टेनको निर्णय ठिक देखिएपनि कन्ट्रोलमा समस्या आएको हुनसक्ने उनले बताएका छन् ।

घटनाको यथार्थताका बारेमा सबैलाई थाहा नहुने भन्दै दुर्घटनामा जीवितै उद्धार गरिएका क्याप्टेन शाक्लाई थाहा हुनसक्ने गुरुङले बताएका छन् । ‘यो  घटना एउटा विकराल भयो । हिजोको घटनाको परिवेशमा क्रिटिकल सबै थाहा भएन । किनकी विगतका कयौँ दुर्घटनाहरुमा हामीले बोलेका पनि छौँ । तर सबै सत्य सावित नहुन सक्छन् ।’, उनले थपे, ‘इन्जिनको कुरा सबै आफ्नो कन्ट्रोलमा हुँदैन । यस बारेमा क्याप्टेन शाक्य जीवित हुनुहुन्छ । उहाँले सबै कुरा बनाउनुहुनेछ ।’

त्यस्तै, क्याप्टेन गुरुङले दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै क्याप्टेन शाक्यको स्वास्थ्य लाभको कामना गरे ।  साथै यस्तो विषयमा आफूले धेरै बोल्न नहुने पनि उल्लेख गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी