×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नयाँ सत्ता समिकरणबाट निजी क्षेत्र खुसी छ, अर्थतन्त्र सुध्रिनेमा विश्वास गरेका छौँ’: राजेन्द्र मल्ल 

GLOBAL IME BANK
SHREE KESH

‘नयाँ सत्ता समिकरणबाट निजी क्षेत्र खुसी छ, अर्थतन्त्र सुध्रिनेमा विश्वास गरेका छौँ’: राजेन्द्र मल्ल 

२१ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेण्डामा नयाँ गठबन्धनले समान धारणा बनाएर काम गर्न आवश्यक रहेको बताएका छन् । उनले दुई ठूला राजनीतिक दलहरुबीच सत्ता समिकरण गरेर स्थिर सरकार बनाउनुले निजी क्षेत्र खुशी रहेको प्रतिक्रिया पनि दिएका छन् । 

उनले दुई ठूला राजनीतिक दलको सत्ता समीकरणको लागि संविधान संशोधन गर्ने र आर्थिक स्थायित्व दिने सहमतिले अर्थतन्त्रमा सुधार आउने निजी क्षेत्र आशावादी भएको बताएका छन् । 

अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थामा स्थिर सरकार बनाउने गरी भएको सत्ता समिकरणलाई निजी क्षेत्रले स्वागत गरेको मल्लले बताएका छन् । राजनीतिक स्थायित्वसँगै अब बन्ने सरकारले आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्न मल्लले सुझाव दिएका छन् । 

उनले अहिले देशका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले सत्ता समिकण गरेर जाने र साना दललाई पनि समेटेर संविधान संशोधन गरी अर्थतन्त्रलाई सबल बाटोमा लैजानुपर्ने बताएका छन् । उनले मुलुकको अर्थतन्त्रमा आएको सुस्तता अस्थिर राजनीति र अस्थिर सकारको कारण भएको भन्दै दक्षिण एशियामा सबै भन्दा कमजोर आर्थिक अवस्था भएको मुलुक बनेको उल्लेख गरेका छन् ।

त्यस्तै, मल्लले मुलुकमा राजनीतिक स्थायित्वको लागि दुई पार्टीले अन्य पार्टीहरुलाई पनि समेटेर मुलुकको अर्थतन्त्र सबल बनाउने गरी काम गर्ने निजी क्षेत्रलाई आशा रहेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: