×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स स्पिनिङ मिल्सको आइपिओ तत्काल रोक्न अदालतको अल्पकालीन अन्तरिम आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रिलायन्स स्पिनिङ मिल्सको आइपिओ तत्काल रोक्न अदालतको अल्पकालीन अन्तरिम आदेश

Artha Sarokar

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अधिवक्ताद्वय हरि बहादुर केसी र खुशलराम धितालले हालेको मुद्दामा सुनुवाइ गर्दै अदालतले २७ गतेदेखि निष्कासन गर्न लागेको रिलायन्सको आइपिओ तत्कालका लागि रोक्न आदेश दिएको हो ।

अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड लगायतलाई विपक्षी बनाइएको रिलायन्सको आइपिओ निष्कासन विरुद्धको सो मुद्दामा अधिवक्ताहरू डा अवतार न्याैपाने, डा. केशव प्रसाद श्रेष्ठ, बासुदेव रिजाल र श्री रपिस पाेखरेलले बहस गरेका थिए । आइपिओ रोक्न अन्तरिम आदेश दिँदै अदालतले दुवै पक्षलाई साउन १४ गते छलफलका लागि बोलाएको छ ।

अव विपक्षीहरु जवाफसहित अदालतमा हाजिर हुनेछन् । त्यसपछि अदालतले थप आदेश गर्नेछ । अदालतको यो आदेशसँगै रिलायन्सको आइपिओ तत्काल निष्कासन नहुने देखिएको छ ।

अदालतले सम्पूर्ण प्रक्रिया नै पनि बदर गर्न सक्नेछ ।

मिलेमतोमा महँगो मूल्यमा आइपिओ जारी गरेको भन्दै चौतर्फी विरोध भएको थियो । यस विषयमा अर्थ सरोकार डटकमले कम्पनीको फ्याक्ट्रीमै पुगेर स्थलगत रिपोर्टिङसमेत गरेको थियो ।

अदालतबाट अन्तरिम आदेश आउने देखेर र सार्वजनिक लेखा समितिले पनि प्रश्न उठाएपछि धितोपत्र बोर्डले सो आइपिओ निष्कासन प्रक्रिया रोकिसकेको छ । यस्तो छ अदालतको आदेश:  

रिलायन्स स्पिनिङ मिल्समा आइपिओको नाममा भएको जनता लुट्ने सेटिङका बारेमा अर्थ सरोकारले कम्पनीको फ्याक्ट्रीमै पुगेर ग्राउन्ड जिरो रिपोर्टिङ गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी