Skip to content
LAXMI SUNRISE BANK

बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन लागेको रिलायन्सको नाफामा भारी गिरावट

अर्थ सरोकार

काठमाडौं। बुक बिल्डिङ बिधिबाट आइपीओ ल्याउन लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफामा भारी देखिएको छ। कम्पनीले सार्वजनिक गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार रिलायन्सले चैतसम्म २ करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९२ करोड ७८ लाख २१ हजार रुपैयाँ रहेको थियो।

गत असार महिनामा १० अर्व ५८ लाख व्यापार रहेकोमा यस अवधिसम्म आइपुग्दा कम्पनीको व्यापार ७ अर्व २१ लाख रुपैयाँ रहेको छ। कम्पनीको व्यापारमा गिरावट आउँदा नाफा प्रभावित भएको हो।

त्यसैगरी, समिक्षा अवधिमा कम्पनीको अन्य आम्दानी पनि ३ करोड ७४ लाखबाट घटेर २ करोड १४ लाखमा झरेको छ । वित्तीय खर्च २४ करोड ९० लाखबाट बढेर ३७ करोड ३३ लाख पुगेको छ ।

रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँबाट घटेर २.०८ रुपैयाँ कायम भएको छ ।

कम्पनीले असार २७ गतेबाट बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्न लागेको हो ।

रिलायन्सले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले आइपीओ जारी गर्न लागेको हो । लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK