Skip to content
LAXMI SUNRISE BANK

रिलायन्सको आईपीओबारे धितोपत्र बोर्डलाई लेखा समितिको पत्र- ‘चौतर्फी प्रश्न उठ्यो, जवाफ पठाउनू’

अर्थ सरोकार

काठमाडौँ । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे उठेका प्रश्नको जवाफ पठाउन पत्राचार गर्ने निर्णय गरेको छ । नियामक नेपाल धितोपत्र बोर्डकै मिलेमतोमा जनता लुट्ने काम भएको आरोपबारे चौतर्फी प्रश्न उठेपछि समितिले यस्तो निर्णय गरेको हो ।

‘चौतर्फी प्रश्न उठेपछि हामीले बोर्डलाई पत्राचार गर्ने निर्णय गरेका हौँ ।’ समितिका सभापति ऋषिकेश पोखरेलले अर्थ सरोकारसँग भने, ‘उठेका प्रश्नबारे जवाफ मागेका छौँ ।’

उनले सो कम्पनीको आइपिओ रोक्ने कि नरोक्ने भन्ने विषय बोर्डको जवाफदेहिताको कुरा भएको बताए । ‘हामीले रोक्नु वा नरोक्नु भनेका छैनौँ । त्यो बोर्डकै जवाफदेहिताको कुरा हो ।’, उनले भने, ‘हामीले उठेका प्रश्नबारे जवाफ मागेका हौँ ।’

रिलायन्स स्पिनिङ मिल्सले यही असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले प्राथमिक सेयर (आईपीओ) जारी गर्न लागेको छ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अर्थात, रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा न्यूनतम लगानी गर्न पनि ४१ हजार रुपैयाँ आवश्यक पर्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK