×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइपिओ खुल्ने २ दिनअघि रिलायन्सको लाइन काटियो, उत्पादन बन्द, घाटा बढ्ने !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइपिओ खुल्ने २ दिनअघि रिलायन्सको लाइन काटियो, उत्पादन बन्द, घाटा बढ्ने !  

Artha Sarokar

२६ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको लाइन काटिएको छ । डेडिकेटेड तथा ट्रंक लाइनमार्फत प्रयोग गरेको बिजुलीको बक्यौता महसुल नतिरेको भन्दै मंगलबार विद्युत प्राधिकरणले कम्पनीको लाइन काटेको हो । 

प्राधिकरणका अनुसार रिलायन्स स्पिनिङ मिल्सले बिजुली प्रयोग गरेबापत प्राधिकरणलाई महसुल र जरिवानाको करोडौँ रुपैयाँ तिर्न बाँकी छ । 

यसो त प्राधिकरणले २०७२ माघदेखि २०७५ बैशाखसम्म डेडिकेटेड फिडर ट्रंक लाइनमार्फत प्रयोग गरेको बिजुलीको बक्यौता महसुल तिर्न विभिन्न उद्योगको नाममा बिलसहितको पत्र पठाएको थियो । तर, प्राधिकरणले तोकेको समयमा उद्योगले बक्यौता नतिरेपछि मंगलबार मध्यरातमा प्राधिकरणले कम्पनीको लाइन काटेको हो । 

प्राधिकरणले उद्योगको लाइन काटेसँगै हाल उद्योगको उत्पादन बन्द भएको छ । बिजुली नहुँदा उद्योगले वैकल्पिक उर्जाको प्रयोग गर्ने बताए पनि वैकल्पिक उर्जा महँगो हुने भएकाले उद्योगमाथि घाटाको भार थप बढ्ने देखिएको छ । तर, रिलायन्स स्पिनिङ मिल्सले भने अझै पनि प्राधिकरणलाई तिर्नुपर्ने भनिएको बक्यौता तिर्नुनपर्ने रटान लगाउँदै आएको छ । यदि उद्योगले विद्युत प्राधिकरणको बक्यौता तिर्नुपरेको खण्डमा कम्पनीको घाटा आकाशिने पक्का देखिन्छ । 

रिलायन्स स्पिनिङ मिल्सले यही असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले प्राथमिक सेयर (आईपीओ) जारी गर्न लागेको छ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अर्थात, रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा न्यूनतम लगानी गर्न पनि ४१ हजार रुपैयाँ आवश्यक पर्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी