Skip to content
LAXMI SUNRISE BANK

आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष उप्रेती पक्राउ, ३० हजार जनाको ८ अर्ब हिनामिनाको आरोप !

अर्थ सरोकार

काठमाडौं।  राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्। उप्रेतीलाई प्रहरीले बुधबार बालाजुबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘अध्यक्ष उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ, यस विषयमा विस्तृत भोलिसम्म भन्न सकिन्छ ।’

उनीमाथि ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ। सहकारी संस्थाको बचत रकम हिनामिना गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK