Skip to content
LAXMI SUNRISE BANK

पोष्ट मर्जर लफडाः तलब भत्ताको विषयमा सम्पदा लघुवित्तमा तनाव, सिइओको ‘धम्कीपूर्ण भाषा’पछि कर्मचारी ‘फायर’ !

अर्थ सरोकार

काठमाडौँ । सबैको लघुवित्त र साधना लघुवित्तबीचको मर्जरपछि बनेको सम्पदा लघुवित्तमा पोष्ट मर्जर लफडा उत्कर्षमा पुगेको छ । मर्जरपछि साबिकका दुवै संस्था (साधना र सबैको लघुवित्त) का कर्मचारीको सेवा सुविधा फरक परेको भन्दै साबिकको साधना लघुवित्तका कर्मचारीहरुले विरोध गरेका छन् । तर, माग सम्बोधन गर्नुको सट्टा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव कुमार पौडेलले कर्मचारीमा विभेदपूर्ण व्यवहार गरेको भन्दै साधनाका कर्मचारी सीईओप्रति असन्तुष्ट बनेका छन् ।

२०८० असार ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेका यी दुवै संस्थाको सेवा सुविधा मर्जरपछि समान गर्न साबिकको साधना लघुवित्तका कर्मचारीले माग गरेका थिए । 

सोही माग पूरा गर्न भन्दै साधनाका कर्मचारीहरुले असार ३० र ३१ गरी २ दिनको तलबभत्तासमेत लिएका थिएनन् । तर, आधा महिना बितिसक्दा पनि संस्थाको नियमानुसार कर्मचारीले पाउने सेवा सुविधा उपलब्ध गराउन सीईओ पौडेलले कुनै चासो नै नदिएपछि र कर्मचारीमाथि विभेदपूर्ण व्यवहार गर्न थालेपछी सीईओप्रति कर्मचारी असन्तुष्ट भएको साबिककको साधनाका एक कर्मचारीले बताएका छन् । 

‘हामीले दुवै संस्था मर्ज भएपछि दुवै संस्थाका कर्मचारीको सेवा सुविधा समान हुनुपर्छ भन्ने माग राखेका थियौँ । तर, माग सम्बोधन गर्नेतर्फ सीईओको चासो देखिएन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक कर्मचारीले भने, ‘बरु उल्टै हामीमाथि विभेदपूर्ण व्यवहार भएको छ । भविष्यको चिन्ता गर्नुस् भन्दै सीईओले धम्कीपूर्ण शैलीमा निर्देशन दिनुभएको छ ।’

सीईओ पौडेलले कर्मचारीका माग पूरा गर्न छोडेर उल्टै कर्मचारीमाथि मनोगढन्ते आक्षेप लगाउने, कर्मचारीको भावनामाथि ठेस पुग्नेगरि निर्देशन जारी गर्ने, समस्याको समाधान खोज्नुको साटो यथार्थ नबुझी धम्कीपूर्ण निर्देशन पठाएको आरोप लगाएको भन्दै साबिकको साधना लघुवित्तका कर्मचारीहरुले पेलेरै जाने सीईओको नियतप्रति आपत्ति जनाएका छन् । यतिसम्म कि उनीहरुले सीईओ पौडेलले कर्मचारीलाई आफ्नो शक्ति देखाउने खोजेको, एकलौटी ढङ्गले कर्मचारीमाथि दमन गरेको, कर्मचारीको स्वतन्त्रतामाथि धावा बोल्न खोजेको र कर्मचारीलाई धम्कीपूर्ण रबैया देखाएको आरोप लगाएका छन् । 

उनीहरुले साबिकको साधना लघुवित्तका सम्पूर्ण कर्मचारीको दुई दिनको तलब तथा भत्ता ३ कार्यदिनभित्र कर्मचारीको खातामा जम्मा नभएर चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

सीईओले एकलौटी ढङ्गबाट पठाएको भनिएको निर्देशनमा के छ ?
लघुवित्तका सीईओ केशव कुमार पौडेलले साउन १४ गते कर्मचारीका नाममा पठाएको निर्देशनमा तलब भत्ताको विषयलाई अनावश्यक रुपमा उचालेर भ्रम सृजना गर्न खोजेको भन्दै उक्त कार्य क्षम्य नहुने उल्लेख गरेका छन् । उनले कर्मचारीको सेवा सुविधाका विषयमा सञ्चालक समिति सकारात्मक रहेको तर तलब भत्ता सुविधा कायम गर्न केही विधि, प्रक्रिया रहेको बताएका छन् । सँगै अन्तिममा सीईओ पौडेलले कर्मचारीहरुलाई कसैको बहकाउमा नलागी आफ्नो भविष्यको समेत विचार गरेर अनुशाशित हुन निर्देशन दिएका छन् । 

तर, सीईओ साबिकको साधना लघुवित्तका विभागीय प्रमुखलाई जानकारीसमेत नदिई एकलौटी ढङ्गबाट पत्र पठाएर घुमाउरो पारामा निर्देशनका नाममा धम्की दिएको कर्मचारीहरुले बताएका छन् । यस्तो छ सीईओ पौडेलले कर्मचारीलाई पठाएको निर्देशन पत्रः 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK