×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समस्याग्रस्त शिवशिखर सहकारीको गार्डेन मार्ट लिलामीमा, होला त बचतकर्ताको पैसा फिर्ता ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समस्याग्रस्त शिवशिखर सहकारीको गार्डेन मार्ट लिलामीमा, होला त बचतकर्ताको पैसा फिर्ता ? 

२५ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीको मार्ट लिलामीमा बिक्री गरिने भएको छ । सहकारीको गोदावरी-१४ ठबस्थित गार्डेन मार्ट लिलामीमा बिक्री गरिने भएको हो । 

मार्टको लिलामी बिक्रीका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले सार्वजनिक सूचना नै जारी गरेर जानकारी गराएको छ । 

उक्त सूचना अनुसार सहकारीको एक रोपनी २ आना जग्गामा रहेको गार्डेन मार्टको संरचना, मार्टमा भएका सामान तथा सहकारीका फर्निचर र कम्प्युटर लिलामी बिक्रीमा राखिएको छ । लिलामी बिक्रीमा राखिएका सम्पत्तिको एकमुस्ट मूल्यांकन कार्यालयले १ करोड १५ लाख ७८ हजार ८ सय ३५ रुपैयाँ तोकेको छ ।

कार्यालयले जारी गरेको लिलामी बिक्रीको सूचना अनुसार सहकारीको उक्त सम्पत्ति सकार्न चाहने घरधनी, सहकारीका बचतकर्ता वा इच्छुकले ७ दिनभित्रमा गोप्य सिलबन्दी निवेदन बुझाउन सक्नेछन् । यसरी लिलामी बिक्रीबाट उठेको रकम सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग गरिने समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी