×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

 सुन्दर सिंगापुरका २७ तस्विर… (फोटो-कथा) 

GLOBAL IME BANK
SHREE KESH

 सुन्दर सिंगापुरका २७ तस्विर… (फोटो-कथा) 

२१ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विश्वकै सबैभन्दा सानो देशमध्येको एक हो, सिंगापुरसिंगापुरको कुल क्षेत्रफल ७ सय २२ वर्गकिलोमिटर मात्रै छ । तर, विश्वको सानो देश भए पनि सिंगापुर धनीहरुको देशका रुपमा परिचित छ ।

विभिन्न प्रतिवेदनहरुले पनि सिंगापुरमा हरेक ६ जनामध्ये १ जना नागरिक करोडपति रहेको देखाएका छन् । यही कारणले पनि सिंगापुरलाई धेरैले ‘महँगो सहर’ पनि भन्ने गर्छन् । 

यसै पनि सिंगापुर सन् २०२४ मा विश्वकै सबैभन्दा महँगो सहरको सूचीमा दोस्रो स्थानमा छ । तर, तुलनात्मक रुपमा साह्रै महँगो भए पनि विदेशीहरुका लागि सिंगापुर घुमफिरको प्रमुख गन्तव्य बनेको छ । घुमफिरकै लागि दैनिक हजारौँको संख्या विदेशी पर्यटक सिंगापुर पुग्ने गरेका छन् । अझ सिंगापुरको लोभलाग्दो प्रगति र सौन्दर्यताले विदेशी पर्यटकलाई झनै आकर्षित गरेको छ । 

कानुन पालनामा साह्रै कडा रहेको सिंगापुर सरसफाइ र विकासका हिसाबले पनि त्यत्तिकै सुन्दर छ । घुम्नका लागि सिंगापुर पुग्ने अधिकांश पर्यटक सिंगापुरको सौन्दर्यतामा मन्त्रमुग्ध हुने गर्छन् । र हामीले पनि सबैको ‘सपनाको सहर’ सिंगापुरको सौन्दर्यतालाई तस्वीरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: