काठमाडौँ । बर्षौंसम्म एनआईसी एशिया बैंकमा काम गरेर अन्तिममा ‘अपमानजनक बहिर्गमन’ भएका सुधिर नाथ पाण्डे अन्तत: बैंकिङमै फर्कने भएका छन् । यसअघि एनआईसी एशिया बैंकमा सिनियर डेपुटी सीइओ रही जागिर छोडेका पाण्डे अव कुमारी बैंकको डेपुटी सीइओ भएर बैंकिङमा फर्कन लागेका हुन् ।
केहि समय अगाडी संचालक समितिमा उनीसहित ४ जनाको नाम पुगेको थियो । कुमारी बैंकको संचालक समितिले पाण्डेलाई डेपुटी सीइओ बनाउने विषयमा छलफल गरेर प्रक्रिया अगाडी बढाउन मौखिक समहति दिएको बैंकका एक संचालकले पुष्टी गरेका छन् ।
‘संचालक समितिमा ४ जनाको नाम आएको थियो । ती नाममध्ये हामीले पाण्डे सरको नामलाई फाइनल गरेका छौँ ।’ ती संचालकले अर्थ सरोकारसँग भने, ‘बीचमा केहि अवरोध नआए पाण्डेजी कुमारी बैंकमा डेपुटी सीइओको रुपमा भित्रनुहुनेछ ।’
यस विषयमा पाण्डेको धारणा लिन खोज्दा भने उनीसँग सम्पर्क भएन । यद्यपी, उनी निकटका केहि बैंकरहरुले पनि उनी कुमारी बैंक जान खोजेको र संचालक समितिबाट पनि ग्रीन सिग्नल आएको बताएको पुष्टी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्