×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०० रुपैयाँले घट्यो डल्ले च्याउको मूल्य, सोमबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

GLOBAL IME BANK
SHREE KESH

१०० रुपैयाँले घट्यो डल्ले च्याउको मूल्य, सोमबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

१७ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज डल्ले च्याउको मूल्य घटेको छ । डल्ले च्याउको मूल्य १०० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी २०० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, सानो गोलभेडा (टनेल) १८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६० रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २२ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, सेतो मुला हाइब्रिड ५० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ८०, लोकल घ्यु सिमी लोकल ६०, हाइब्रिड घ्यु सिमी ६०, राजमा ११०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ३०, लौका ५०, लोकल परवर ३५ रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ६०, झिगुनी ४०, फर्सी पाकेको ३५, हरियो  हरियो फर्सी (डल्लो) २०, भिण्डी ५०, पिंडालू १००, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ५० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, कन्य च्याउ ८०, डल्ले च्याउ २००, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ७०, ब्रोकाउली १५०, चुकन्दर ५०, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १६०, पार्सले २६०, पुदिना १६०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २५०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ३०, भेडे खुर्सानी ४०, हरियो लसुन ८०, हरियो धनियाँ ६०, चाइनिज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १९०, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, आँप (मालदह) ७०, आँप (दसहरी) ७०, मौसम १६०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो ४०, रुख कटहर ३०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ८०, लिच्ची (लोकल) १४०, लिच्ची भारतीय २००, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: