×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चोर बाटो हुँदै अमेरिका छिर्ने ‘फेसन’, ‘दलाल’ले बीच बाटोमै छोडेपछि ब्राजिलमा सयौँ नेपाली अलपत्र !  

LAXMI SUNRISE BANK
GLOBAL

चोर बाटो हुँदै अमेरिका छिर्ने ‘फेसन’, ‘दलाल’ले बीच बाटोमै छोडेपछि ब्राजिलमा सयौँ नेपाली अलपत्र !  

११ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय ‘दलाल’लाई पैसा बुझाएर चोर बाटो हुँदै अमेरिका छिर्ने लहड नै चलेको छ । नेपालबाट भिजिट वा वर्किङ भिजामा तेस्रो मुलुक जाने र त्यहाँ दलाललाई पैसा बुझाएर अवैध बाटो हुँदै अमेरिका पुग्नेहरुको संख्या पछिल्ला वर्ष अत्याधिक देखिएको छ ।

तर, यसरी चोर बाटो हुँदै अमेरिका पुग्न भने त्यति सजिलो छैन । कतिपयले यात्राकै क्रममा ज्यान गुमाउँछन् भने कतिपय बीच बाटोमै अलपत्र पर्छन् । 

यसरी नै चोर बाटो भएर अमेरिका हिँडेका १ सय नेपालीहरु ब्राजिलमा अलपत्र परेको पाइएको छ । ‘दलाल’लाई लाखौँ रुपैयाँ बुझाएर अवैध बाटो हुँदै अमेरिका छिर्न हिँडेका सय जना नेपालीहरु ब्राजिलको साओ पाउलो अन्तराष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन् । 

ब्राजिलस्थित नेपाली दुतावासका अनुसार उनीहरु दक्षिण अमेरिकी मुलुक ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्ने लक्ष्यसहित ब्राजिल पुगेको पाइएको छ । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सय जना नेपालीसँगै दलालको पछि लागेर अमेरिका हिँडेका झण्डै सय आप्रवासी नागरिक ब्राजिलमा अलपत्र परेका छन् । जसमध्ये अधिकांश भारतीय र भियतनामका नागरिक रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

ब्राजिललाई ट्रान्जिट बनाएर शरण लिन खोज्नेहरुलाई ब्राजिल सरकारले प्रवेश अनुमति नदिएपछि उनीहरु विमानस्थलमै अलपत्र परेका हुन् । हाल उनीहरुलाई ब्राजिल सरकारले नियन्त्रणमा लिएको छ । हाल उनीहरु जुन एयरलाइन्सबाट त्यहाँ पुगेका हुन् त्इही एयरलाइन्समार्फत फिर्ता पठाउने तयारी गरेको बुझिएको छ । तर, लाखौँ रकम असुलेर उनीहरुलाई त्यहाँसम्म पुर्याउने ‘दलाल’भने सम्पर्कविहीन भएका छन् ।

मानव तस्करहरुले ब्राजिल पुर्याएर शरणार्थी बनाउने र त्यहाँबाट कोलम्बिया, पनामा, पेरु, ग्वाटेमाला हुँदै मेक्सिको पुर्याउने र मेक्सिकोबाट अमेरिका छिराउने भन्दै लाखौँ रकम असुली गरेकोसमेत पाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी