×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजार बढ्नु खुसीको कुरा हो, बोर्ड अध्यक्ष राम्रो आएनन् भने बिजोग हुनेवाला छ’- पूर्वअर्थमन्त्री पुन

LAXMI SUNRISE BANK
GLOBAL

‘सेयर बजार बढ्नु खुसीको कुरा हो, बोर्ड अध्यक्ष राम्रो आएनन् भने बिजोग हुनेवाला छ’- पूर्वअर्थमन्त्री पुन

२४ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सेयर बजार बढ्नु खुसीको कुरा भएको बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा बोल्दै पुनले यस्तो बताएका हुन् ।

पुनले सेयर बजार २००० बिन्दुभन्दा मुनि हुँदा लगानीकर्तामा चिन्ता भए पनि अहिले बजार बढ्नु खुसीको कुरा भएको बताएका छन् ।

अहिले सेयर बजार बढ्नुको मुख्य कारण मौद्रिक नीति सहज आउनु र यसपटकको वित्त नीति र मौद्रिक नीतिबीच तालमेल मिल्नु भएको पूर्वअर्थमन्त्री पुनको भनाई छ । यद्यपि पुनले बजारमा केही कम्पनीमा देखिएको अस्वभाविक वृद्धिमा नियमन गर्न आवश्यक रहेको पनि औँल्याएका छन् ।

त्यस्तै, पुनले अहिले बजार निरन्तर उकालो गतिमा रहे पनि नेपाल धितोपत्र बोर्डको अध्यक्ष राम्रो नआएको अवस्थामा बजारको बिजोग हुने दाबी गरेका छन् । ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष राम्रो आए ठिक छ, राम्रो आएन भने खेलाडी निस्केर खेल्न सुरु गर्छन्, मार्केट फल हुन्छ, त्यस्तो हुँदा बजारको बिजोग हुनेवाला छ । त्यसैले सेयर बजारलाई फेयर बनाउनका लागि बोर्डको अध्यक्ष राम्रो ल्याउनुपर्छ ।’, उनले भने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी