×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीले फेरि भने- ‘सेयर बजार अर्थतन्त्रको ऐना हो, हामी सेयर बजार दिगो रुपमा बढेको हेर्न चाहन्छौँ’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थमन्त्रीले फेरि भने- ‘सेयर बजार अर्थतन्त्रको ऐना हो, हामी सेयर बजार दिगो रुपमा बढेको हेर्न चाहन्छौँ’ 

३ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रबन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले पछिल्ला दिनहरुमा सेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै सेयर बजार अहिले उत्साहित रहेको बताए । 

‘पछिल्ला दिनहरुमा सेयर बजारको प्रायः चर्चा हुने गरेको छ । चर्चाका निम्ति मैले केही भन्नुछैन ।’, अर्थमन्त्री पौडेलले भने, ‘यतिचाहिँ भन्छु, सेयर बजार अहिले उत्साहित छ ।’ 

त्यस्तै, उनले सेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै सेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिबिम्वित गर्ने पनि उल्लेख गरेका छन् । सरकारले लिएका नीतिहरुका कारण सेयर बजार उत्साहित रहेको अर्थमन्त्रीको भनाई छ । उनले सरकारले दिगो, स्थिर ढंगले सेयर बजार अघि बढेको हेर्न चाहेको भन्दै इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझावमाथि सरकार गम्भीर रहेको उल्लेख गरेका छन् । 

‘हामी दिगो, स्थिर ढंगले सेयर बजार बढेको देख्न चाहन्छौँ । त्यसका निम्ति आवश्यक पर्ने नीतिगत प्रबन्ध, आवश्यक पर्ने संरचनागत प्रबन्ध, आवश्यक प्रविधिको प्रबन्ध मैले तीन पक्षमा ध्यान दिनुपर्ने आवश्यकता देखिरहेको छु ।’, उनले भने, ‘सेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत प्रबन्ध, संरचनागत प्रबन्ध र कतिपय प्रविधिको पनि प्रबन्ध गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि सरकारको ध्यान गइरहेको छ । इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझाव दिनुभएको छ । यसमा हाम्रो गम्भीर ध्यान छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी