काठमाडौँ । नेपाली क्रिकेट टोली तालिमका लागि भारतको बैंगलोर गएको छ । क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली टोली बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनएसी) मा दुई हप्ता तालिमका लागि गएको हो ।
नेपाल क्रिकेट संघले सार्वजनिक सूचना जारी गरी यस्तो जनाएको हो ।
बैंगलोरमा अभ्यास खेलका लागि पनि पहल भइरहेको क्यानले जनाएको छ । भारतको प्रशिक्षणपछि श्रीलङका जाने, नेपाल आउने अथवा क्यानडामै जाने भन्ने विषयमा पनि छलफल चलिरहेको क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् ।
नेपालले सेप्टेम्बरमा क्यानडा र ओमानसँग लिग टुको दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेको छ । नेपाल चार खेलमा दुई अंक जोड्दै तालिकाको छैंटौ स्थानमा छ ।
लिग टु को नयाँ सर्कल नेपालबाट सुरु भएको थियो । गत फेब्रुअरीमा त्रिविमा भएको खेलमा नेपालले नामिबिया र नेदरल्यान्डसँग प्रतिस्पर्धा गरेको थियो । नेपालले नेदरल्यान्डससँगको दुई खेलमध्ये एकमा जित हात पारेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्