काठमाडौँ । नियामक नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुमध्ये केहि कर्मचारी हदैसम्मको जिम्मेवारहीन र ‘अल्छी’ भएको पाइएको छ । आफ्नै संचालक समितिका सदस्यहरुको नामसमेत वेबसाइटमा हप्तौंसम्म अपडेट नगरेर बोर्डका कर्मचारीहरुले आफ्नो अल्छीपनालाई बाहिर देखाएका हुन् ।
हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का तर्फबाट उपाध्यक्ष निल बहादुर सारु मगर बोर्डको संचालक छन् । तर बोर्डको वेबसाइटमा भने आइक्यानका उपाध्यक्ष भनेर प्रविण कुमार झाको नाम उल्लेख गरिएको छ । जबकी, प्रविन कुमार झा आइक्यानको उपाध्यक्ष नभई अध्यक्ष हुन् । गतवर्ष आइक्यानको उपाध्यक्षका रुपमा संस्थाको प्रतिनिधित्व गरेर बोर्ड पुगेका उनी अहिले बोर्डबाट बाहिरिइसकेका छन् भने आइक्यानका अध्यक्ष छन् ।
स्वयम् धितोपत्र बोर्डका कर्मचारी पनि सबैले अल्छी गर्दा संचालकको नाम अपडेट नभएको दाबी गर्छन् ।
‘को आउँछ, को जान्छ, अव मन्त्रालयले पठाएको अध्यक्ष भएपछि खासै निर्देशन पनि आएको छैन । वेबसाइटमा गलत सूचना छ भन्ने थाहा पनि छ । तर अल्छी लाग्या छ । माथिबाट निर्देशन आएको छैन, त्यही त हो ।’ बोर्डका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘माथिका सरहरुलाई नै संचालकको नाम थाहा छैन होला, त्यसैले कसैले भनेन् ।’
यता बोर्डका प्रवक्ता डा. अधिकारीले भने यस विषयमा बुझ्न फोन गर्दा फोन नै उठाएनन् ।
बोर्डका संचालक समितिमा आइक्यानको प्रतिनिधित्व गरेर गएका आइक्यानका उपाध्यक्ष निल बहादुर सारुमगरले पनि आफू नै हाल बोर्डको संचालक समितिको सदस्य भएको बताए । ‘अहिले आइक्यानको तर्फबाट म संचालक हो ।’ सारुमगरले अर्थ सरोकारसँग भने, ‘वेबसाइटमा किन अपडेट भएन, त्यो चाहिं बुझ्नुपर्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्