काठमाडौँ । सुरक्षा कमजोरी देखेपछि गुगलले इसेवालाई प्ले स्टोरबाट हटाएको छ । इसेवामा सुरक्षा कमजोरी देखेपछि गुगलले मंगलबार बिहानैदेखि इसेवालाई प्लेस्टोरबाट हटाएको हो ।
अहिले गुगल प्लेस्टोरमा ‘इसेवा’ सर्च गर्दा भेटिँदैन । एकाएक इसेवा प्लेस्टोरबाट गायब भएपछि इसेवा डाउनलोड गर्न चाहने र डाउनलोड गरेर चलाइरहेको प्रयोगकर्ताहरु अन्यौलमा परेका छन् ।
तर, इसेवाले भने इसेवा प्राली इसेवा लिमिटेडमा परिणत भएसँगै गुगल प्लेस्टोर र डियुएनएस (डाटा युनिभर्सल नम्बरिङ सिस्टम) मा अपडेट गर्ने क्रममा रहेकोले हालका लागि इसेवा प्लेस्टोरबाट हटेको दाबी गरेको छ ।
यद्यपि डाउनलोड भइसकेका इसेवा एपहरुलाई पनि केही असर नगर्ने इसेवाले जनाएको छ । इसेवाका अनुसार इसेवा प्लेस्टोरबाट हट्नुअघि डाउनलोड भएका इसेवा एपमार्फत ग्राहकहरुले नियमित कारोबार गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्