Skip to content
LAXMI SUNRISE BANK

इसेवा प्ले स्टोरमा फर्कियो, तर फेरी हराउने पक्का, प्रयोगकर्ताको रकम र डाटा दुबै जोखिममा !  

अर्थ सरोकार

काठमाडौँ । केही दिनअघि गुगल प्लेस्टोरबाट गायब भएको इसेवा पुनः फर्किएको छ । सुरक्षा कमजोरी देखेपछि प्ले स्टोबाट हटाएको गुगलले इसेवालाई प्ले स्टोरमा पुनः फिर्ता गरेको हो । 

हाल प्ले स्टोरमा ‘सर्च’ गर्दा इसेवाको एप्लिकेसन भेटिन्छ । तर, केही दिन गायब भएर फर्किएको इसेवा प्ले स्टोरमा पुनः हराउने पक्का छ । 

यसो त गुगलले इसेवामा सुरक्षा कमजोरी देखेपछि इसेवालाई प्ले स्टोरबाट हटाएको थियो । तर, गुगलले देखेका सुरक्षा कमजोरी पूर्ण रुपमा समाधान नभइ इसेवा प्ले स्टोरमा फर्किएकाले इसेवा प्ले स्टोरमा पुनः हराउन सक्ने पक्का देखिएको जानकारहरु बताउँछन् । 

यसरी पटकपटक प्लेस्टोरबाट हराइरहने इसेवामा प्रयोगकर्ताको पैसा र विवरण दुवै जोखिममा भएको साइबर जानकारहरुको दाबी छ । यसै पनि इसेवामा एउटा नामको आईडी अर्कैको नागरिकताबाट भेरिफाइ भएको, पैसा आफैँ हराएको लगायतका घटना यसअघि बाहिर आएका थिए । 

यता इसेवाले भने सूचना नै जारी गरेर सुरक्षा कमजोरी देखेर गुगलले एप हटाउँदा इसेवाले भने इसेवा प्राली इसेवा लिमिटेडमा परिणत भएसँगै गुगल प्लेस्टोर र डियुएनएस (डाटा युनिभर्सल नम्बरिङ सिस्टम) मा अपडेट गर्ने क्रममा रहेकोले हालका लागि इसेवा प्लेस्टोरबाट हटेको दाबी गरेको थियो । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK