Skip to content
LAXMI SUNRISE BANK

इसेवा प्ले स्टोरमा फर्कियो, तर फेरी हराउने पक्का, प्रयोगकर्ताको रकम र डाटा दुबै जोखिममा !  

अर्थ सरोकार

काठमाडौँ । केही दिनअघि गुगल प्लेस्टोरबाट गायब भएको इसेवा पुनः फर्किएको छ । सुरक्षा कमजोरी देखेपछि प्ले स्टोबाट हटाएको गुगलले इसेवालाई प्ले स्टोरमा पुनः फिर्ता गरेको हो । 

हाल प्ले स्टोरमा ‘सर्च’ गर्दा इसेवाको एप्लिकेसन भेटिन्छ । तर, केही दिन गायब भएर फर्किएको इसेवा प्ले स्टोरमा पुनः हराउने पक्का छ । 

यसो त गुगलले इसेवामा सुरक्षा कमजोरी देखेपछि इसेवालाई प्ले स्टोरबाट हटाएको थियो । तर, गुगलले देखेका सुरक्षा कमजोरी पूर्ण रुपमा समाधान नभइ इसेवा प्ले स्टोरमा फर्किएकाले इसेवा प्ले स्टोरमा पुनः हराउन सक्ने पक्का देखिएको जानकारहरु बताउँछन् । 

यसरी पटकपटक प्लेस्टोरबाट हराइरहने इसेवामा प्रयोगकर्ताको पैसा र विवरण दुवै जोखिममा भएको साइबर जानकारहरुको दाबी छ । यसै पनि इसेवामा एउटा नामको आईडी अर्कैको नागरिकताबाट भेरिफाइ भएको, पैसा आफैँ हराएको लगायतका घटना यसअघि बाहिर आएका थिए । 

यता इसेवाले भने सूचना नै जारी गरेर सुरक्षा कमजोरी देखेर गुगलले एप हटाउँदा इसेवाले भने इसेवा प्राली इसेवा लिमिटेडमा परिणत भएसँगै गुगल प्लेस्टोरडियुएनएस (डाटा युनिभर्सल नम्बरिङ सिस्टम) मा अपडेट गर्ने क्रममा रहेकोले हालका लागि इसेवा प्लेस्टोरबाट हटेको दाबी गरेको थियो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK