×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षक किताबखानाको वेबसाइट ह्याक, डेढ लाख बढी शिक्षकको व्यक्तिगत विवरण जोखिममा !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शिक्षक किताबखानाको वेबसाइट ह्याक, डेढ लाख बढी शिक्षकको व्यक्तिगत विवरण जोखिममा !  

Artha Sarokar

२३ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय किताबखाना (शिक्षक)को वेबसाइट ह्याक भएको छ । पछिल्लो केही दिनदेखि किताबखानाको वेबसाइट ह्याक भएको हो ।

हाल ह्याक भएको वेबसाइट रिकभरीका लागि प्राविधिकहरुले काम गरिरहेको बताइएको छ ।

किताबखानाका एक कर्मचारीका अनुसार वेबसाइट ह्याक भएको दुईदिन अघि मात्रै थाहा भएको हो । त्यसअघि कहिलेदेखि वेबसाइट ह्याक भयो भन्नेबारे अझै पनि खुलेको छैन । यद्यपि उक्त विषयको प्राविधिक जाँच तथा वेबसाइट रिकभरीको काम भइरहेको ती कर्मचारीले बताएका छन् ।

राष्ट्रिय किताबखाना (शिक्षक)को वेबसाइटमा देशभरका सामुदायिक विद्यालयका करिब डेढ लाख बढी शिक्षकको विवरण रहेको बताइएको छ । राष्ट्रिय किताबखाना (शिक्षक)ले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्छ । वेबसाइट ह्याकरले साइटको दुरुपयोग गर्ने नियतले ह्याक गरेको भए शिक्षकका व्यक्तिगत विवरण ‘लिक’ हुनसक्ने जानकारहरुको भनाई छ ।

यद्यपि वेबसाइट ह्याक हुँदा के कति क्षति भयो ? भन्ने विषयमा थप जाँच भइरहेको बताइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी