×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाः मृतकका परिवारले बीमाबापत कति रकम पाउँछन् ? 

LAXMI SUNRISE BANK
GLOBAL

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाः मृतकका परिवारले बीमाबापत कति रकम पाउँछन् ? 

२३ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेका मृतकका परिवारले करिब १ करोड ६ लाख रुपैयाँ बीमा दाबी पाउने भएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका हेलिकप्टरका पाइलटका परिवारले भने १ करोड ३३ लाख रुपैयाँ दाबी भुक्तानी पाउन सक्ने बताइएको छ । 

बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा गरिएको पाइएको छ । दुर्घटनामा परेको हेलिकप्टर कम्पनीले प्रति हेलिकप्टर १८ करोड रुपैयाँ बराबरको बीमा बताइएको छ ।

स्रोतका अनुसार दुर्घटनामा परेको हेलिकप्टर पुरानो भएकाले बीमामार्फत १७ करोड २० लाख रुपैयाँ पाउनेछ । हेलिकप्टर दुर्घटनामा परी नेपाली पाइलट अरुण मल्ल र चार चिनियाँ नागरिकको ज्यान गएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी