Skip to content
LAXMI SUNRISE BANK

भारतको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा कथक नृत्य कार्यक्रम आयोजना

अर्थ सरोकार

काठमाडौं । भारतको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा कथक नृत्य कार्यक्रम आयोजना गरिएको छ ।  भारतीय राजदूतावास मंगलबार काठमाडौंमा बृहत कथक नृत्य कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे र भारतीय राजदूत नबिन श्रीवास्तवले दिप प्रज्वलन गरी संयुक्त रुपमा कार्यक्रमको उद्धघाटन गरेका थिए ।

सो कार्यक्रममा अर्पिता दत्त र उनको समूहद्वारा कथक नृत्य प्रस्तुत गरिएको थियो । उक्त नृत्य समुहले आगामी दिनमा वीरगन्ज, हेटौंडा, विराटनगर र पोखरामा प्रस्तुति दिने जनाईएको छ ।

काठमाडौँस्थित भारतीय दूतावासले हरेक वर्ष स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा नेपाल सरकार, नेपाली सेना, कूटनीतिक समुदाय, साँस्कृतिक बन्धुत्व, सञ्चारमाध्यम र नागरिक समाजका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK