काठमाडौँ । चिनियाँ ऋणले बर्बादीको संकेत देखेपछि नेपालले ऋणलाई अनुदान बनाउने चीनसँग आग्रह गरेको छ । अर्थ मन्त्रालयले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न चीनसँग लिएको ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेका छन् ।
पत्र हस्तान्तरण गर्नुअघि अर्थमन्त्री विष्णु पौडेलले नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चीनसँग आग्रह गरेका छन् । साथै उनले नेपाल र चीन असल छिमेकी भएकाले नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
चिनियाँ ऋणलाई अनुदानमा बदल्न आग्रह गर्ने कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायतको उपस्थिति रहेको थियो ।

कति छ विमानस्थल बनाउँदा लिएको चिनियाँ ऋण ?
यसो त नेपाल सरकारले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने क्रममा चीनको एक्जिम बैंकबाट १३३८.७४ मिलियन चिनियाँ युआन ऋण लिने सम्झौता गरेको थियो । जुन रकम हाल नेपालको विनिमय दर अनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ हुन्छ ।
२०७२ चैत्र ८ गते विमानस्थल निर्माणका लागि ऋण सम्झौता भई २०७३ पुस २७ गतेबाट निर्माण कार्य सुरु भएको थियो । त्यस्तै, उक्त विमानस्थलको निर्माण कार्य सम्पन्न गरेर २०७९ पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो ।
तर, जहाज उडाएर चीनबाट विमानस्थल बनाउन लिएको अर्बौं ऋण तिर्न सकिने अवस्था भने देखिँदैन । यसो त सरकारले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि छुट तथा सहुलियतको सुविधासमेत दिएको छ । तर, अहिलेकै स्थितिमा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने सम्भावना शून्यप्रायः छ । यसरी विमानस्थल चलाएर ऋण तिर्न नसकिने र ऋण थुप्रिँदै जाँदा झन् बर्बाद हुने संकेत देखेपछि अन्ततः नेपालले विमानस्थल बनाउँदा लिएको चिनियाँ ऋणलाई अनुदान बनाउन आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्