×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाफासँगै नेपाल लाइफ इन्स्योरेन्सको ईपीएस पनि बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नाफासँगै नेपाल लाइफ इन्स्योरेन्सको ईपीएस पनि बढ्यो

Artha Sarokar

२९ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३०.८१ प्रतिशतले बढेको हो ।

यसअवधिमा कम्पनीले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क ९.८६ प्रतिशतले बढेको छ भने कुल आम्दानी पनि १२.३४ प्रतिशतले बढेको छ । त्यस्तै, यसअवधिमा कम्पनीको कुल दाबी भुक्तानी १२.६५ प्रतिशत र कुल खर्च ११.५८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा कम्पनीको ईपीएस १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी