काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा आएका समस्या र ग्राहकको गुनासो सुनुवाईको दायित्व आफ्नो नभएको प्रष्टयाएको छ । बिहीबार एक दलाल कम्पनीका नाममा पत्र लेख्दै नेप्सले टिएमएस सम्बन्धी गुनासो सुनुवाइको दायित्व आफ्नो नभएको प्रस्ट्याएको हो ।
बरु नेप्सेले ग्राहकबाट आएका गुनासोहरुको सुनुवाइ तथा टिएमएसमा देखिएका समस्या सम्बोधन गर्ने दायित्व दलाल कम्पनीहरुको भएको बताएको छ ।
नेप्सेले टिएमएस सञ्चालन सम्बन्धी जिज्ञासा तथा सञ्चालनका क्रममा लगानीकर्ताहरुले भागेको विभिन्न समस्या एवं गुनासोहरुको सम्बन्धित सदस्य दलालबाट यथोचित सम्बोधन गरी समस्या समाधान गर्ने कार्य नभएको भन्दै लगानीकर्ता तथा सम्बन्धित सरोकारवालाबाट उजुरी परेको जनाएको छ ।
तर, ती उजुरीउपर कारबाही तथा समस्या समाधान गर्ने दायित्व सम्बन्धित दलाल कम्पनीको भएको नेप्सेले जनाएको छ । ‘आफ्ना ग्राहकहरुबाट आउने गुनासोहरुको उचित सुनुवाइ गरी यथाशीघ्र समस्या समाधान गर्ने दायित्व सम्बन्धित दलालको नै भएको हुँदा लगानीकर्ताबाट प्राप्त हुने गुनासाहरु सुनुवाइका लागि आवश्यक प्रबन्ध गरी सो को जानकारी यथाशीघ्र गराउन अनुरोध छ ।’, नेप्सेको पत्रमा भनिएको छ ।
यस्तो छ नेप्सेले धितोपत्र दलाल कम्पनीहरुको नाममा लेखेको पत्रः
45f39150bb49f35e7a090a540767b5e0
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्