×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियारद्वारा नेप्सेका दुई कर्मचारीको मोबाइल फोन जफत, इन्साइडर ट्रेडिङको आरोप !

LAXMI SUNRISE BANK
GLOBAL

अख्तियारद्वारा नेप्सेका दुई कर्मचारीको मोबाइल फोन जफत, इन्साइडर ट्रेडिङको आरोप !

२९ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का दुई कर्मचारीको मोबाइल फोन जफत गरेको छ ।  इनसाइडर ट्रेडिङमा संलग्न रहेको आरोपमा अख्तियारले नेप्सेका प्राविधिक विभागका कर्मचारी प्रभाकर घिमिरे र निशा तिम्सिनाको मोबाइल जफत गरेको हो ।

गत बिहीबार पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले अर्थ समितिको बैठकमा नेप्सेका कर्मचारी इनसाइडर ट्रेडिङमा संलग्न रहेको आरोप लगाएका थिए । उनले यस्तो आरोप लगाएसँगै अख्तियारले श्रावण २८ गते सोमबार नेप्सेमा छापा मारेको थियो ।

यस अघि पनि उनै दुई कर्मचारीको विषयमा अख्तियारमा उजुरी परेको थियो ।

इनसाइडर ट्रेडिङ्गको गम्भीर आरोप लाग्दा समेत ती कर्मचारीलाई नेप्सेले कारवाही भने गरेको छैन । बरु उनीहरू अहिले पनि नेप्सेमा निर्बाध काम गरिरहेका छन् ।

यता, नेप्सेकै कर्मचारी इनसाइडर ट्रेडिङमा संलग्न हुनुले आम सर्वसाधारणको लगानी जोखिममा पर्ने देखिएको छ भने सेयर कारोबारको पारदर्शिता माथि नै प्रश्न उठेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी