×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाफा छैन भन्दै कर्मचारीको तलब नबढाएको निर्धनको नाफा ह्वात्तै बढ्यो, सीईओ प्रेसरमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नाफा छैन भन्दै कर्मचारीको तलब नबढाएको निर्धनको नाफा ह्वात्तै बढ्यो, सीईओ प्रेसरमा !

Artha Sarokar

३० श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १९७.९९ प्रतिशतले बढेको हो । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार मसान्तसम्ममा कम्पनीको इम्पेयरमेन्ट चार्ट घटेका कारण कम्पनीको खुद नाफा बढेको हो । यसअवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ८७ करोडबाट घटेर ४३ करोडमा झरेको छ ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७.८१ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी २१९.०२ प्रतिशतले बढेको छ । यसअवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी ६.७७ प्रतिशत र सञ्चालन मुनाफा १८९.६२ प्रतिशतले बढेको छ ।

यसअवधिमा कम्पनीको खराब कर्जाको ग्राफ भने बढेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको खराब कर्जा ९.८७ प्रतिशतबाट बढेर १०.६० प्रतिशत पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा कम्पनीको ईपीएस १२ रुपैयाँ ८८ पैसाले बढेर १९ रुपैयाँ ३९ पैसा पुगेको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३६.७२ गुणा रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ३५ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड ७५ लाख रुपैयाँ धनात्मक भएको छ ।

कुल चुक्ता पूँजी २ अर्ब ६१ करोड २० लाख रुपैयाँ रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको जगेडा कोषमा २ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ ।

यता केही समयअघि लामो समयदेखि कर्मचारीको तलब नबढाएको भन्दै निर्धन उत्थानका कर्मचारीहरुले केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए । त्यसबेला संस्थाका प्रमुख कार्यकारी अधिकृत  मुकेश दाहालले संस्था नाफामा नभएकाले कर्मचारीको माग संबोधन गर्न अफ्ठ्यारो भएको बताएका थिए । तर, वित्तीय विवरणमा संस्थाको नाफा ह्वात्तै बढेको देखिएपछी सीईओसाप तनावमा परेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी