×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बचतकर्ताको लाखौँ ठग्ने सत्कार सहकारीका सचिवसहित ३ जना पक्राउ, ब्याजको लोभ देखाएर जनता ठगेको खुलासा ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बचतकर्ताको लाखौँ ठग्ने सत्कार सहकारीका सचिवसहित ३ जना पक्राउ, ब्याजको लोभ देखाएर जनता ठगेको खुलासा ! 

Artha Sarokar

२३ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बचतकर्ताको लाखौँ रुपैयाँ हिनामिना गर्ने सत्कार बचत तथा ऋण सहकारी संस्थाका सचिवसहित ३ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीईआबी)को टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-८ भंगाल बस्दै आएका सहकारीका सचिव ३२ वर्षीय गोबिन्द पुरी, रामेछाप घर भई हाल काठमाडौँ-७ चावहिल बस्दै आएका सहकारीको चाबहिल शाखाका व्यवस्थापक ३७ वर्षीय ध्रुवराज कार्की र रामेछाप घर भइ हाल काठमाडौँ-१४ कलंकी बस्दै आएका सहकारीका कोषाध्यक्ष ३७ वर्षीय महेश श्रेष्ठ रहेका छन् । 

उनीहरुले बचतकर्तालाई आकर्षक ब्याजको प्रलोभन देखाई लाखौँ रकम सहकारीको मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएको सीआईबीले जनाएको छ । 

यसरी बचतकर्ताबाट रकम संकलन गरिसकेपछि ब्याज पाउने र बचतको निर्धारित समयपछि रकम माग्दा नदिएपछि बचतकर्ताले सहकारीका पदाधिकारी र सञ्चालकविरुद्ध काठमाडौँ महानगर, सहकारी विभागमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा महानगर र विभागले आवश्यक कारबाहीका लागि सीईआबीलाई पत्राचार गरेपछि सीआईबीको टोलीले उनीहरुलाई पक्राउ गरेको सीआईबी प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

हाल उनीहरुलाई जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । सत्कार बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका–३ सामाखुसीमा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी